सुकबारे भेलामा सीता पाण्डेको पुस्तक चर्चा
आज झापाको चन्द्रगढीमा चर्चित कवि तथा स्रष्टा सीता पाण्डेको पुस्तकहरुको परिचर्चा गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको सुकबारे भेला अन्तर्गत सम्पन्न भएको उक्त कार्यक्रममा पाण्डेका तीन कृतिहरुको चर्चा गरिएको थियो । कवि, कथाकार, उपन्यासकार पाण्डेको व्यक्तित्व परिचय तथा टुुकुनी खुसी र म कृतिको चर्चा समालोचक तारा विविधद्वारा गरिएको थियो भने वरिष्ठ अधिवक्ता लेखनाथ निरौला र प्रकाश वुढाथोकीले पनि कृति र कृतिकारको चर्चा गर्नु भएको थियो । तारा विविधले व्यक्तित्व परिचयका क्रममा “पाण्डे एक राष्ट्रवादी, अराजकतावादी स्रष्टा भएको तथा चिसोको कविता लेख्नका लागि हिमालमै पुग्ने कवि हुन्” भन्ने धारणा व्यक्त गर्नु भएको थियो । 