साहित्यकार निरौलाको ‘प्रेमाश्रु’ कथा सङ्ग्रह लोकार्पण तथा परिचर्चा सम्पन्न

दिलिप घिमिरे · चैत १८, २०८२ ६:३४ PM
Cover Image for News

झापा १८ चैत्र /साहित्यकार बिमला ढुङ्गाना निरौलाको पहिलो कथा–सङ्ग्रह ‘प्रेमाश्रु’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डी.सी. च्याप्टरको आयोजनामा हेमार्केट–गेन्सभिल लाइब्रेरी,भर्जीनियामा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो ।
 कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र लेखक निरौलासहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे।

कार्यक्रममा गीतकार पुष्पा खनालले लेखक निरौलाको व्यक्तित्व र लेखनयात्राबारे परिचय गराउनुभएकाे थियाे ।पत्रकार तथा समीक्षक जयदेव गौतम र तीर्थराज पाण्डेयले कथा–सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।
 समीक्षकहरूले निरौलाका कथाहरूमा समसामयिक सामाजिक विषय, संस्कार, विकृति र मानवीय संवेदनाहरू सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे । समीक्षक गौतमले उहाँका कथामा नेपाल र अमेरिकाको मिश्रित जीवनानुभव झल्किने तथा केही कथामा ओ. हेनरी शैलीको नाटकीय अन्त्य देखिने धारणा राख्नुभयाे ।

फोटो
कार्यक्रमको सञ्चालन महासचिव जगन्नाथ पौडेलले गर्नुभएकाे थियाे  भने स्वागत मन्तव्य सचिव गोमा न्यौपानेले व्यक्त गर्नुभएकाे थियाे ।
बाल–साहित्य सर्जकका रूपमा परिचित निरौलाका यसअघि १२ कृति प्रकाशित भइसकेका छन् । ‘प्रेमाश्रु’ उहाँको १३औँ कृति हो,जसमा २९ कथा समावेश छन् । मिलाप पब्लिकेशन्स, काठमाडौंले प्रकाशित गरेको कृतिको मूल्य ४५० रुपैयाँ रहेको छ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।