साहित्यकार लेकाली सम्मानित

खगिन्द्रा खुसी · माघ १०, २०८२ १०:५० AM
Cover Image for News

झापा, माघ ९ । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित हुनुभएको छ । वहाँलाई साहित्यको विकासमा योगदान दिएबापत नोबेल साकोस साहित्य संस्थाले सम्मान गरेको हो । राजधानीको रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा लेकालीलाई सम्मान गरिएको हो । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा सभापति कार्की, विशिष्ट अतिथिहरु डा.दामोदर पुडासैनी, पुष्प रञ्जित लगायतले दोसल्ला ओढाई सम्मानपत्र सहित लेकालीलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रममा कवि गीता अर्यालको कवितासङ्ग्रह ‘पर्खाल भित्रको जून’को लोकार्पण पनि भयो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली, सभापति रोहित कार्की, साहित्यकारहरु डा.दामोदर पुडासैनी, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली लगायतले लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे वरिष्ठ समालोचक प्रा.डा.श्री गोविन्दमान सिंह कार्कीले प्रकाश पार्नु भएको थियो ।

संस्थापक सदस्य सूर्य तामाङको स्वागत गर्नु भएको सो कार्यक्रममा बिष्णु गुरूङले देशभक्ति गीत गाउनु भयो भने साहित्यकारहरु डा.दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुईंटेल, शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपाने लगायतले मन्तव्य र कविता वाचन गर्नु भएको थियो।

सोही कार्यक्रममा साहित्यिक योगदान पुर्‍याए बापत सर्जकहरु एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीसमेत सम्मानित हुनु भएको थियो ।

ट्यागहरू:
सहित्य samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।