साहित्यकार केशव दाहालको चौथो कृति ‘इथा’ लोकार्पण
झापा२२चैत्र/लेखक एवम् साहित्यकार केशब दाहालको चौथो कृति ‘इथा’ शनिबार लोकार्पण गरिएको छ ।
भक्तपुरको राधेराधे स्थित रोयल थाईमा आयोजित विशेष कार्यक्रमका बीच पुस्तक लोकार्पण गरिएको छ।दाहालद्वारा लिखत यो पुस्तक चौथो कृति हो।पुस्तकमा महिला अधिकार,इतिहास र कथा, दुखान्त,विद्रोह, त्यागको बारेमा उल्लेख गरिएको छ।पुस्तकमा इतिहासको कथा र कथाको इतिहास बनाइएको छ ।
पुस्तकमा महिलाको संघर्ष र अस्थित्वको विगत, वर्तमान र भविष्यको बारेमा उल्लेख गरिएको छ।पुस्तकलाई नेपाली साहित्यको उत्सव र नारी–पुरुष दुवैको उत्सवको रुपमा रहेको छ।समाजमा नैराष्यताको खडेरीमा उत्साह खोज्ने कार्य पुस्तकले गरेको छ।कार्यक्रममा शिल्पी थ्रिएटरको पुस्तकसँग सम्बन्धित नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिनिधिसभाका सांसद डा.अर्जुन कार्की,विभिन्न विधाका साहित्यकार,विश्लेषक,लेखक,राजनीतिज्ञ, पत्रकार तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।