साहित्यकार गोपाल दाहालको ‘प्रतिभा र सृजना ’ समालोचना सङ्ग्रह लोकार्पण

दिलिप घिमिरे · भदौ २३, २०८३ ७:१६ PM
Cover Image for News

झापा २३ भाद्र/साहित्य कला सङ्गम दमकको आयोजनामा आज साहित्यकार गोपाल दाहालद्धारा लिखीत ‘प्रतिभा र सृजना ’ समालोचना संग्रह लोकार्पण गरिएको छ ।

साहित्य कला सङ्गमका अध्यक्ष विन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भारतको सिलिगुडी निवासी वरिष्ठ साहित्यकार युवराज काफ्ले लगायत मञ्चासीन श्रष्टाहरुले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।

फोटो
कृति माथिको समालोचना मेची क्याम्पसका प्राध्यापक लीला प्रसाद अधिकारी र जीवनहरि शर्माले समिक्षात्मक टिप्पणी गरेका थिए ।
प्रकाशनको हिसाबले यो ´प्रतिभा र सृजना ’ कृति सातौं हो भने समालोचनाको दृष्टिकोणले यो उनको पहिलो समालोचना कृति हो।

दमक-५ झापा निवासी दाहालका नेपाली व्याकरण-(२०५७),छन्द कविता माला भाग :१ (२०७५),सिर्जनाका फूलहरू कविता सङ्ग्रह - (२०७८),दोभान कविता सङ्ग्रह-(२०८०),नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा-(२०८१),जीवन यात्रा कविता सङ्ग्रह-(२०८२) यस अघि प्रकाशित कृतिहरु हुन्। 

कार्यक्रममा विशिष्ट अतिथि दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राडा गोपालप्रसाद भण्डारी,अतिथिहरु दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी,भारतीय साहित्यकार गोपाल भट्टराई,नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरे, उर्जाशील साहित्य समाजका अध्यक्ष डिपी शर्मा,बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला लगायतका स्रष्टाहरुले शुभकामना मन्तव्य राखेका थिए।

सोहि कार्यक्रममा श्रष्टाहरु हरि पराजुली,देवीचरण भण्डारी, भुटानी स्रष्टा दिल भुटानी,डा खगेन्द्र दाहाल ,दुर्गाप्रसाद सिग्देल विवेक क्षेत्री दुलाल लगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार प्रकाश बुढाथोकी ,साहित्य समाज भुटानका अध्यक्ष तिलक राई,साहित्य कला प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेल, सताक्षीधाम साहित्य सङ्गम दुधेका अध्यक्ष उमानाथ दहाल,उर्लाबारी साहित्य समाज मोरङका अध्यक्ष यज्ञ परिश्रमी दहाल,क्षितिज साहित्य प्रतिष्ठान बिर्तामोडका अध्यक्ष तुलसी भट्टराई, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरे,स्रष्टा सानो कोविद,साहित्यकार बीरेन्द्र थोक्लिहाङ,मिना अधिकारी लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो । 

फोटो
कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाँक्रीखोले स्वागत गरेको थिए भने संस्थाकी  उपाध्यक्ष चन्द्रा गड्तौला र साथीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए।

सङ्गमका महासचिव ओमप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा झापा,मोरङ र सीमापारीका गरि एक सयभन्दा बढि साहित्यकारहरुको उपस्थिति रहेको थियो।

ट्यागहरू:
सहित्य#समालोचना #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।