साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष १७, २०८२ ९:१५ PM
Cover Image for News

झापा, १७ पुस २०८२ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा नेपाली विभागकाे आयोजनामा सन्ध्याकालीन सिर्जनावाचन तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख तथा विभागीय अध्यक्ष टंकप्रसाद भट्टराईको सभाध्यक्षता रहेको सो कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. देवी नेपाल, जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाको आतिथ्य रहेको थियो भने सहायक क्याम्पस प्रमुखहरू, विद्यार्थी कल्याण प्रमुख, विभागीय प्रमुखहरू तथा प्राध्यापकहरूकाे उपस्थिति थियोे ।

डा‍.देवी नेपाल
कार्यक्रमकाे सन्दर्भउठानका साथै अतिथि तथा सहभागीहरूलाई स्वागत क्याम्पस प्रमुख डा. टंक पन्थबाट भएको सो कार्यक्रममा प्रा.डा रामप्रसाद ज्ञवालीले विद्वान् भन्ने कुरामा भ्रम रहेको सन्दर्भ उल्लेख गरी हामीले विगतका विचारलाई सन्दर्भगत रूपमा जाेड्ने काम मात्र गर्छौँ । सुन र माटाको पालामा बालिए पनि बत्ती बत्ती नै हो । कवि ओचित्यपूर्ण हुनुपर्छ । अहिलेकाे समयमा धेरै कविहरू रहेको तर समाजलाई बदल्न नसकिएको अवस्थालाई बोध गरौँ भन्ने मर्म प्रस्तुत गर्नुभयो । साथै सबै कुरा छन्द र अनुशासनमा चलेको यथार्थलाई प्रस्तुत गर्दै 'पिर गर्नुपर्दैन' शीर्षकको कविता प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा प्रा.डा. देवी नेपालले पाल्पा आगनको सन्दर्भ उल्लेख गरी वाचन गरिएका कविताको छोटो टिप्पणीका साथमा जागरणका कविता लेख्नु स्रष्टाको कर्म रहेको मर्म प्रस्तुत गर्दै पाल्पाको साहित्यमा योगदान रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । पाल्पाको सन्दर्भ उल्लेख गरिएको मार्मिक श्लोकका साथै समावेशी चेतनाको बुद्धको देश शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता प्रस्तुत गर्नुभयो ।

rr.jpg 368.35 KB
साहित्यकार गाेपालप्रसाद बस्यालले गद्यकविता, प्रेम खरालले केही टुक्रा कविताहरू, लक्षिमा ज्ञवाली लाेकलयकाे कविता, डा. शंकरप्रसाद गैरे गजल, सघन भाव र व्यञ्जनाले युक्त मार्मिक गजल, महेन्द्रकुमार पन्थीले 'पूजा त केवल मूर्तिकाे हुन्छ' शीर्षकको गद्यकविता, रामदेव पाण्डेले 'नेताजीकाे जय' शीर्षककाे लाेकलयमा रचिएको कविता, तुलसीराम पाेखरेल पञ्चचामर छन्दकाे कविता वाचन गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष टंकप्रसाद भट्टराईले नेपाली विभागका तर्फबाट अतिथि साहित्यकारहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै अतिथि लगायत सबै स्रष्टाका रचनामा युगीन चेतना व्यक्त भएको निचोड निकाली कार्यक्रम सार्थक बनेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमकाे सहजीकरण विभागीय अध्यक्ष साहित्यकार महेन्द्र पन्थीले गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।