साहित्य सदन नेपालद्वारा कविता प्रतियोगिताका लागि कविहरुलाई आह्वान
झापा, फागुन १५ । साहित्य सदन नेपाल रामहिटी, बौद्ध ६ काठमाडौंले राष्ट्रव्यापी कविता प्रतियोगिताका लागि आह्वान गरेको छ । जनप्रज्ञा प्रतिष्ठानका रुपमा स्थापित साहित्य सदन नेपाल द्वारा विश्व कविता दिवस (मार्च२१)का उपलक्ष्यमा कवि र कवितालाई सम्मान गर्ने उद्देश्यले राष्ट्र व्यापी कविता प्रतियोगिता सहितको कविता महोत्सव आयोजना गर्ने भएको हो ।
आयोजक संस्थाले वि सं २०८२फागुन २५ सम्ममा संस्थाको इमेल मार्फत वा सदनको कार्यालय मा आई कविता पठाउनका लागि देश विदेशमा रहेका इच्छुक कविहरुलाई अनुरोध गरेको छ ।
संस्थाले निम्न नियम तथा विवरण सहित सामाजिक सन्जालमा सूचना राखेको छ-
१. कविता समसामयिक विषयमा आधारित भई नेपाली भाषामा लेखिएको र कम्प्युटर टाइप गरिएको हुनुपर्ने छ ।
२. कविता (गद्य /पद्य) बढीमा २०० शब्द सम्मको मात्र स्वीकार्य हुनेछ
३. कविता पूर्णत: मौलिक र यसअघि कुनै पनि विद्युतीय र छापा माध्यममा प्रकाशन वा प्रसारण नभएको हुनुपर्ने छ ।
४. म्याद नाघिआएको तथा तोकिएको मापदण्ड विपरीत रहेको कवितालाई प्रतियोगितामा समावेश गरिने छैन ।
५. प्रतियोगी कविहरुले हालसालै खिचेको एक प्रति फोटो तथा सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य रुपमा पठाउनु पर्नेछ ।
६. प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरुलाई कोडिङ मुल्यांकनबाट उत्कृष्टताका आधारमा छानिएका कविताका पाँच जना कविलाई २०८२ चैत ७ गते तदनुसार (2026/मार्च 21) विश्व कविता दिवसका दिन साहित्य सदन नेपाल को प्रेक्षालयमा आयोजना हुने कविता महोत्सवमा वाचन पछि पुरस्कृत गरिनेछ ।
पुरस्कार विवरण
प्रथम हुने एकजनालाई प्रमाणपत्र सहित रु. ३० हजार, द्वितीय हुने एकजनालाई प्रमाणपत्र सहित नगद पुरस्कार रु.२० हजार तथा तृतीय हुने तीनजनालाई प्रमाणपत्र सहित नगद पुरस्कार जनही रु.१० हजार रहेको छ ।