साहित्य कला सङ्गमले मनायो १४२औं लेखनाथ जयन्ती
झापा २८ पुस/ साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बीच कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ ओैँ जन्म जयन्ती मनाएको छ ।
कार्यक्रममा साहित्यकार श्याम सिंघकद्वारा लिखित ‘कोइलाखाद’ उपन्यासको परिचर्चा समेत गरिएको थियो । साहित्यकारहरु धनञ्जय बाँस्कोटा र कमलप्रसाद वस्तीले कोइलाखाद पुस्तकको बारेमा चर्चा गर्दै - ‘’कोइलाखाद”श्याम सिंघकको एक सशक्त सामाजिक यथार्थवादी उपन्यास हो।यो कुनै कल्पनात्मक संसारको कथा होइन दशकौँ सम्म मेघालयका कोइलाखानीमा पसिना बगाएका नेपाली श्रमिकहरूको जीवन्त कथा आधारित उपन्यास रहेको बताए ।
दलिता र रेमिट्ल्याण्ड जस्ता महत्त्वपूर्ण आख्यान कृति लेखिसकेका आख्यानकार श्याम सिंघकको यो तेस्रो आख्यान कृति उपन्यास हो ।उपन्यासकार सिंघकले आफ्नो कृतिको बारेमा धारणा राखेका थिए । 
साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षता र दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियोे ।
कार्यक्रममा दमक नगर पालिका वडा नं ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल ,प्राज्ञ मुनाराम शेर्मा,प्राज्ञ सुमित्रा वाङदेल चेली,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी,सतासीधाम साहित्य समाजका अध्यक्ष उमानाथ दहाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमिरे ,साहित्य कला सङ्गमका सल्लाहकारहरु उत्तमप्रसाद भट्टराई र पुस्ता राई लगायतको विशिष्ट आतिथ्य रहेको थियो।