साहित्य कला सङ्गमको ५८ औँ मासिक शृङ्खला सम्पन्न

खगिन्द्रा खुसी · माघ ३, २०८२ ९:३१ PM
Cover Image for News

झापा, माघ २ ।साहित्य कला सङ्गमको रचनावाचनको ५८ औँ नियमित मासिक शृङ्खला सम्पन्न भएको छ । सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षता एवम् सिक्किमका आदरणीय साहित्यिक व्यक्त्तित्व राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न यस शृङ्खलामा 

 सङ्गमका सल्लाहकार तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी , सङ्गमका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने, प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई, संस्थापक अध्यक्ष खेमलाल पोख्रेल , DPL का पूर्व अध्यक्ष दधिराम ढकाल, DPLकमलका पूर्व अध्यक्ष राजन चापागाईं, साहित्यकार नारायण शर्मा फुयाल, पदम ओली, देवु चापागाईं, लीलान्श भण्डारी, सङ्गमका उपाध्यक्ष त्रय यादव अधिकारी झाँक्रीखोले, दुर्गा काफ्ले, चन्द्रा गड्तौला, महासचिव ओमप्रसाद खनाल, सचिब बीरेन्द्र खड्का, सह सचिव मेघबन्धु खनाल, कोषाध्यक्ष नेत्र अधिकारी, सदस्य विवेक दुलाल क्षेत्री , लगायत दुई दर्जन बढी स्रष्टाहरुले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथिले पूर्वीय दर्शनशास्त्रका कुराहरू प्रस्तुत गर्नुभएको थियो ।

फोटो
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।