सगरमाथाको रचनावाचन तथा विचार विमर्श कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष ५, २०८२ ५:०५ PM
Cover Image for News

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखा नव कार्य समितिको रचनावाचन तथा विचार विमर्श कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
       नवपुस्तकालय तथा जेष्ठनागरिक मिलन केन्द्र सुकेधारामा सगरमाथा साहित्य संस्थानकी नव निर्वाचित अध्यक्ष भैरवी भूगोलको सभापतित्व तथा साहित्यकार विष्णुप्रसाद पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सगरमाथा प्रतिष्ठानका पूर्व अध्यक्ष अजित उत्सव, बहुआायमिक व्यक्तित्व पुरुषोत्तम दाहाल, समालोचक युवराज मैनाली,अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल,कलानिधि दाहाल, रोहित कुँवर, राजेश गड्तौला, सुमित्रा सुमी,अमन एकलको विशिष्ट आतिथ्य रहेको थियो ।  गजलकार/कवि सुशीला धमलाद्वारा  उद्घोषण गरिएको कार्यक्रममा अतिथिलाई खादाले स्वागत संस्थाकी कोषाध्यक्ष रूपा थापाले गरेकी थिइन् । संस्थाकै इन्चार्ज अमन एकलबाट स्वागत मन्तव्य राखिएको कार्यक्रममा  संस्थाका बारेमा सम्पूर्ण जानकारी केन्द्रीय प्रवक्ता राजेश गड्तौलाद्वारा गराइएको थियो । प्रमुख अतिथिबाट पानसमा दीपोज्वलन गरी संस्थाको उद्घाटनलगत्तै शुभकामना र रचनावाचन सुरु भए।
          सल्लाहकारमध्ये दुई सल्लाहकार वक्तामध्ये अध्यात्म चिन्तक हरिभक्त सिग्देलले अध्यात्म र साहित्यका बारेमा विशद् चर्चा गरे। बदलिँदो वर्तमान परिवेशमा साहित्यिक संस्थाले अवलम्वन गर्नु पर्ने भूमिकाका बारेमा लामो गालीका भाषामा चर्चापरिचर्चा स्रष्टा  कलानिधि दाहालले गर्नुभएको थियो  । यसपछि युवराज मैनाली र पुरुषोत्तम दाहालले लामै शुभकामना दिएका थिए ।
     कार्यक्रममा  सङ्गी काली, सावित्री अधिकारी, जुनु खड्का(मन्तव्यसहित), सन्तोष सरिल, दाहाल कल्पना, रूपा थापा, राजेशराज गड्तौला, थरेन्द्र वराल, पार्वती अधिकारी पारु, रामचन्द्र घिमिरे, नवराज न्यौपाने, आँचल शर्मा, सुमित्रा सुमी, शिवराम भट्ट, पार्वती लामिछाने, सुशीला शर्मा धमलालेरचनावाचक र शुभकामना दिएको समाचार स्रष्टा कलानिधि दाहालबाट  प्राप्त भएको छ ।
       सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको  नवकार्य समिति यस प्रकार गठित भएको छ- संरक्षक-जी.पी तिवारी, इन्चार्ज-अमन एकल, अध्यक्ष- भैरवी भूगोल, उपाध्यक्ष-टुकादेवी पौडेल आचार्य , महासचिव-सुशीला शर्मा धमला, सचिव-नारायण काइलो, कोषाध्यक्ष- रूपा थापा 
 सदस्यहरूमा-
    सन्तोष सरिल
    जुनु खड्का
    कल्पना काफ्ले
    दामोदर ढकाल
    इन्दु नेपाल
    सीमा कार्की

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५