राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा भावना खनाल प्रथम
झापा, २८ पौष । पाल्पाकी भावना खनाल कविता प्रतियोगितामा प्रथम भएकी छिन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान,दाङद्वारा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा खनाल प्रथम भएकी हुन् । प्रतियोगितामा दाङकी विणा राेका द्वितीय र प्यूठानका देवेन्द्र कुमार रिजाल तृतीय भएका थिए ।
३०४ ओैँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा आइतबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा नगदसहित सम्मानपत्र र शिल्डद्वारा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियोे ।

संस्थाकाे उपाध्यक्ष ललित बहादुर ओलीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाकाे सचिव श्रीधर शर्माकाे सञ्चालनमा सम्पन्न भएको थियो ।