राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
झापा, माघ ९ गते । राजधानीमा ‘शान्ति कविता गोष्ठी’ सम्पन्न भएको छ । गोष्ठी नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको हो । अग्रज कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका साथमा संरक्षक कवि डा. विमल कोइराला, अध्यक्ष कवि मोमिला, एनएलजीआइका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तलगायतले ‘कलाश्री’ साहित्य वार्षिक अङ्कका साथै कलाश्रीको ई पत्रिकाको लोकार्पण पनि गर्नुभयो । कार्यक्रममा ‘एनएलजी कलाश्री सिर्जना सम्मान’ बाट कथाकार गीतकार राजुबाबु श्रेष्ठलाई नगद राशिसहित सम्मानित गरिएको थियो ।
शान्ति कविता गोष्ठीमा कविहरू डा. नवराज लम्साल, लक्ष्मी माली, लक्ष्मण गाम्नागे, विन्दु शर्मा, फूलमान वल, राधिका कल्पित, अमरदीप सुनुवार, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, सुभाष सजल, रञ्जना निरौलाच, विश्व सिग्देल, प्रदीप भट्टराई, तारा सुनुवार र कपिल अन्जानले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि दिवसले संस्थाले कला, साहित्य र सिर्जनाका क्षेत्रमा विशेष काम गर्दै आएको बताउनुहुँदै साहित्य, कला र संस्कृति नै देशको पहिचान भएको उल्लेख गर्नुभयो ।