राजधानीमा ज्योति सम्मानबाट स्रष्टाहरु सम्मानित
झापा, माघ १७ । राजधानीमा सम्पन्न एक कार्यक्रममा साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको छ । २०८२ माघ १६ गते ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष कवि मणिराज सिंहको सभाध्यक्षता तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकार र अग्रज कथाकार पुष्कर लोहनी लगायतको उपस्थिति रहेको थियो ।
यस अवसरमा कविता, गीत, गजल र लघुकथा वाचनका साथै, लेखक–कवि राकेश कुमार झा (रसिक) को कवितासङ्ग्रह "म पनि लेख्न सक्छु” को लोकार्पण गरिएको थियो । कवि रसिकको जन्मदिन समेत परेको हुँदा उहाँलाई शुभकामना समेत व्यक्त गरिएको थियो ।
"ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान" द्वारा साहित्यकारहरू कल्पना मरासिनी र योगाज राजन 'कविराज' लाई प्रतिष्ठानले सम्मानित गरेेको कार्यक्रममा सम्मानित स्रष्टाहरूले हर्ष व्यक्त गर्दै सम्मानित भएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने कवि जाँयस जया र विभा झाले लोकार्पित पुस्तकबाट कविता वाचन गर्नु भकाएको थियो ।
पूजन मिश्रले सुमधुर स्वरमा गजल वाचन गरेर सबैलाई मन्त्रमुग्घ पार्नु भयो ।
ज्योति साहित्य प्रतिष्ठानको उक्त २२५औँ शृङ्खलामा अतिथिहरू र स्रष्टाहरूलाई अध्यक्ष मणिराज सिंहले टोकन आफ लभ प्रदान गरी कार्यक्रम समापन गर्नु भएको थियो ।