‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि श्रेष्ठ सूची सार्वजनिक

खगिन्द्रा खुसी · फागुन १२, २०८२ ८:४९ PM
Cover Image for News

श्री रामगीता वाङ्मय मन्दिर, नेपाल–अमेरिकाले ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।

संस्थाले वि.सं. २०८० र २०८१ सालमा प्रकाशित कृतिहरू दर्ता गर्न आह्वान गरेको थियो। उक्त आह्वानअनुसार दर्ता भएका १०० भन्दा बढी पुस्तकहरूमध्येबाट निर्णायक मण्डलको सिफारिसका आधारमा सात कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरिएको मन्दिरले जनाएको छ ।

श्रेष्ठ सूचीमा परेका कृतिहरू अविश्रान्त पाइलाहरू  (नियात्रा) नरेन्द्रराज पौडेल, दरबारको कानुन (उपन्यास)  नगेन्द्र न्यौपाने, पञ्चतत्त्वको पालम (कविता–सङ्ग्रह)  मनप्रसाद सुब्बा, पर्जन्य मास (नियात्रा–सङ्ग्रह) खगेन्द्र गिरि कोपिला, वासना कि उपासना (कविता–सङ्ग्रह) गोविन्द गोपाल खतिवडा, सेतो मृग (नियात्रा–सङ्ग्रह) पोषरमण चापागाईं, हावामा अल्झिएको स्वर (कविता–सङ्ग्रह)  सिजन श्रेष्ठ रहेकाे छ ।

मन्दिरकी अध्यक्ष गीता खत्रीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रेष्ठ सूचीमा परेका कृतिहरूमध्येबाट एक कृतिलाई सन् २०२६ को अप्रिल महिनामा काठमाडौंमा आयोजना हुने समारोहमा ५० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने जानकारी दिइएको छ।

ट्यागहरू:
सहित्य puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।