प्रलेसद्वारा चारजना स्रष्टा सम्मानित

खगिन्द्रा खुसी · पौष ६, २०८२ १:५१ PM
Cover Image for News

पौष ६,झापा । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा चारजना स्रष्टा सम्मानित भएका छन् । प्रगतिशील लेखक सङ्घले पौष ५ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्यामप्रसाद स्मृति पुरस्कारबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस युवा पुरस्कारबाट रूपक अलङ्कार, प्रलेस प्रतिभा पुरस्कारबाट अनिल शर्मा तथा प्रलेस बालसाहित्य पुरस्कारबाट सुशीला प्रधानाङ्ग पुरस्कृत भएका हुन् ।

फोटो
कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले स्रष्टाहरूलाई पुरस्कार अर्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पन्तले प्रगतिशील साहित्यले देशको वैचारिक मार्ग निर्माण गर्ने भएकाले प्रगतिशील साहित्यको सिर्जना र त्यसको पठन संस्कारमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए । उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घको पत्रिका प्रलेसको ३१ औं अङ्क, तिला लेकालीद्वारा रचित आगोको रङ गजल सङ्ग्रह र विन्दु दाहाल मुकदर्शद्वारा रचित मातृवियोग शोककाव्य पनि लोकार्पण गरिएको थियो ।

ट्यागहरू:
कविता literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।