प्रा.डा. त्रिपाठीलाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार

खगिन्द्रा खुसी · असोज २५, २०८२ ९:४८ PM
Cover Image for News

वरिष्ठ साहित्यकार प्रा.डा वासुदेव त्रिपाठीलाई यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान गरिएको छ । 

माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलो पटक प्रदान गरिएको यो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको हो .  रु ५० हजार राशिको उक्त पुरस्कार विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संंस्था साहित्य सन्ध्याद्वारा आज आयोजित कार्यक्रममा प्रदान गरिएको हो । 

पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगत्प्रसाद उपाध्यायले डा. त्रिपाठीको शोधपरक समालोचनाको विषयमा चर्चा गर्दै उहाँ नेपाली साहित्यका महासमालोचक भएको कुरा उल्लेख गर्नुभएको थियो । 

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्रा.डा. हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनु भयो ।

विसं १९९४ साउन २ गते जन्मिएका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायत सहभागी थिए ।

ट्यागहरू:
सहित्य कविता literature news sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।