नारायण नेपालपछि झापामा रश्मि गजल गुन्जनको तयारी सम्पन्न
झापा । दाङमा रहेर साहित्य सिर्जना गरिरहेका गजलकार नारायण नेपालका गजलहरूको प्रस्तुति काठमाडौँमा भएको छ ।
शनिबार सर्वनाम थिएटरमा नेपालका ५ वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने ५ वटा नेपाल स्वयंले तरन्नुममा वाचन गरे ।
नेपालका ३ वटा गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा २ वटामा श्रेष्ठ स्वयंले स्वर दिएका थिए भने एउटामा गायिका जलजला परियारले दिएकी थिइन् ।
यसरी नै २ वटा गजलमा नेपाल स्वयंको धूनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिएका थिए । वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधीकारीले साथ दिएका थिए ।

ओझाले अभियानअन्तर्गत आगामी २७ पुसमा कोसी प्रदेशको झापा जिल्लाको बिर्तामोडमा गजलकार रश्मि असफलका गजलहरूमा सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वरमा प्रत्यक्ष गायन हुने पनि बताए । ओझाले यसबीचमा राधा कणेल र आफ्ना शब्दमा श्रेष्ठकै सङ्गीत र स्वरमा 'नसोधी' एल्बम आइसकेको तथा ३ माघमा राधा कणेल, रश्मि असफल र आफ्ना शब्द रहेको गजल एल्बम 'मतला' भारतको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको सङ्गीतमा आउँदै गरेको जानकारी पनि दिए ।
अनाममण्डलीको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको सहकार्यमा सम्पन्न कार्यक्रममा गजलकार नेपालका प्रस्तुत गजलबारे प्रा. डा. कृष्णहरि बरालले सूक्ष्म टिप्पणी गरेका थिए । बरालले गजल गायनका विभिन्न शैली र प्रविधि हुने बताउँदै अरबमा प्रयुक्त शैली र प्रविधि हिन्दीमा नभएको, हिन्दीमा भएको नेपाली गजल गायनमा नहुन पनि सक्ने धारणा राखे ।
बरालले गजल गायनको शैली र प्रविधि भाषा, माटो, त्यहाँका साजबाज र सङ्गीतकार, गायक/गायिकाअनुसार हुन सक्ने आशय व्यक्त गरे ।
अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्वमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानु विद्रोहीले सहजीकरण गरेका थिए ।