नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम, श्रष्ठा परियारलाई अभिनन्दन

Admin · मंसिर २५, २०८० २:३१ PM
Cover Image for News

बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम सम्पन्न भएको छ ।नाराणय गोपाल स्मृति दिवस आयोजना समिति तथा सरगम संगीतालय बिर्तामोडको आयोजनामा सम्पन्न भएको कार्यक्रममा दुई दर्जन भन्दाबढी कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।सरगम संगीतालय बिर्तामोडका कलाकारहरुले स्वर सम्राट स्वर्गीय नारायण गोपाल र संगीत सम्राट स्वर्गीय गोपाल योञ्जनले सृजना गर्नुभएका गितसंगीत प्रस्तुत गरेको आयोजक समितिका सचिव तथा सरगम संगीतालयका प्रशिक्षक दिपक रायमाझीले जानकारी दिनुभयो ।कार्यक्रममा अग्रज श्रष्ठा गायक तथा संगीतकार हस्त परियारलाई अभिनन्दन गरिएको थियो । प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महत्तरा प्रसाईले श्रष्ठा परियारलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । विशिष्ट आतिथि बरिष्ठ गीतकार शिवशंकर थापाले परियारलाई दोसल्ला ओढाउनु भएको थियो ।आयोजक समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा चारपानेको परशुराम पार्टी प्यालेसमा भएको कार्यक्रममा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका वडा अध्यक्षहरु किशोर पौडेल, राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका विभिन्न व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।कार्यक्रमको संचालन सुनिता तामाङले गर्नुभएको थियो ।

नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।