मुसायरामा गुन्जिए कविहरु
झापा, पुस १२ गते । नेपालगन्जमा मुसायरा सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी उर्दुका चर्चित सायर सहर महमुदको सम्मानमा बज्म–ए–उर्दु नेपालको आयोजनामा ‘सहर–ए–सुखन’ को नामबाट सम्पन्न गरिएको थियो ।
गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपाली उहाँका अनुसार इस्लामी विद्वान् सिराज अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो मुसायरामा कवि तथा सायरले विभिन्न भाषामा आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा युवा कवि डा. नूर मोहम्मद अन्सारी, उर्दु भाषाविद् डा. जैनुल आबेदिन, वरिष्ठ साहित्यकार प्राध्यापक डा. हरि तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, समाजका केन्द्रीय सदस्य चन्दावती अधिकारी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष भरतबहादुर रानाभाट र बज्म–ए–उर्दु नेपालका उपाध्यक्ष सैयद जहाँगिर सलाहुद्दीनले आआफ्ना गजल, कविता सुनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सायर सहर महमुद, अब्दुल लतिफ सौक र सैयद नेपालीले उर्दुका गजल सुनाएर श्रोतालाई मन्त्रमुग्ध पार्नुभयो ।