मुक्तिनाथ अधिकारीको ‘नेपाल यात्रा’ कृतिको लोकार्पण तथा परिचर्चा
झापा २९ पुस/ लेखक मुक्तिनाथ अधिकारीको यात्रास्मृति ‘नेपाल यात्रा’ कृतिको लोकार्पण तथा परिचर्चा सोमबार गरिएको छ।
त्रिफला राष्ट्रिय पुस्तकालय,धुलाबारीका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षता, वरिष्ठ अधिवक्ता तथा प्रसिद्ध साहित्यकार लीला उदासीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
शिक्षासेवी उद्धव बिष्ट,आख्यानकार पुण्यप्रसाद खरेल,पूर्वप्राध्यापक केशबहादुर राई तथा कृतिकार मुक्तिनाथ ओझालाई मञ्चासन गराएर कार्यक्रम सुरु गरिएको थियोे ।
कृतिका प्रकाशक चूडामणि ओझाले स्वागत तथा पुस्तकालय सचिव सुदर्शन बरालले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिबाट कृति ‘नेपाल यात्रा’ लोकार्पण भएपछि त्यस लोकार्पित कृतिबारेमा परिचयात्मक चर्चा आख्यानकार पुण्यप्रसाद खरेलले गर्नुभएको थियो।कवि डिल्लीराज नेपालले कृतिकार मुक्तिनाथ ओझाको परिचय गराउँदै लोकार्पित कृतिका बारेमा समेत बोल्नु भएको थियो। मेची जनसाधारण मा.वि.का पूर्वप्रअ हरिप्रसाद नेउपाने, कमलप्रसाद नेउपाने, नीलकण्ठ तिवारी, केशबहादुर राई, उद्धव बिस्ट, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले कार्यक्रका साथै कृतिकार मुक्तिनाथ ओझालाई शुभकामना मन्तव्य राख्नुभयो । प्रमुख अतिथि उदासीले लेखकसँगको परिचयको सन्दर्भ उठाउँदै लेखकलाई अरु अझ राम्राराम्रा कृति समाजलाई प्रदान गर्न शुभकामना दिनुभयो। 