मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ को लोकार्पण

खगिन्द्रा खुसी · कार्तिक २७, २०८२ ७:४७ PM
Cover Image for News

विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रस्टा नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ को लोकार्पण गरिएको छ । प्राज्ञ विवश पोखरेलको  प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई  नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्ले आयोजना गरेको थियो ।

बलराम पोखरेलको बिशेस आतिथ्य रहेको कार्यक्रममा समीक्षक भूषण ढुङ्गेल र उमेश लुइटेलले कृतिबारे समीक्षा गरेका थिए . समीक्षकले समीक्षाका क्रममा । 'समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएको तथा वर्तमान समाज र मानवीय भावनाको गहिरो चित्रण गरेको' उल्लेख गरे थिए । 

मुक्तक वाचनमा नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेल सहभागी भएका थिए भने साहित्यकार, कवि तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्ष बाबुराम पोखरेलले साहित्यिक सिर्जनाले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए । प्रतिष्ठानले आगामी दिनमा नयाँ मुक्तककारहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको प्रतिष्ठानका सचिव मदन भण्डारिले जानकारी दिए ।

ट्यागहरू:
सहित्य कविता puraskar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू