मुक्तककार सुमन शर्माको`नयाँ काँचुली´मुक्तकसङ्ग्रह लोकार्पण
झापा ११ फागुन /मुक्तककार सुमन शर्माको`नयाँ काँचुली´मुक्तकसङ्ग्रह लोकार्पण तथा `काव्याञ्जली-३´कार्यक्रम शनिबार सम्पन्न गरिएको छ।
हातेमालो साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रम डालो रेस्टुरेन्ट अनामनगरमा सम्पन्न भएको हो । लोकार्पण कार्यक्रमपश्चात् सङ्ग्रहको समीक्षा मुक्तककार मीना चौलागाईंले गर्नुभएको थियो भने मुक्तक लेखनको आफ्नो शुरुदेखि आजसम्मको यात्राको बारेमा मुक्तककार सुमन शर्माज्यूले प्रकाश पार्नुभएको थियो ।
हातेमालो साहित्य सङ्गमका महासचिव विमला दाहालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घोषण उपाध्यक्ष विपिन मर्मले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूसहित कविता,गजल तथा मुक्तकका प्रतियोगी तथा अप्रतियोगीसमेत गरेर लगभग ७० जना साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
हातेमालो साहित्य सङ्गमका महासचिव बिमला दाहाल, सदस्यहरू दुर्लभजङ्ग शाह तथा सरिता थापा मगरको व्यवस्थापन रहेको उक्त कार्यक्रमको अन्त्यमा सभापति तथा हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारीको मन्तव्यसँगै कार्यक्रम समाप्त भएको थियो ।