मुक्तक प्रतिष्ठानबाट डा. गोविन्दराज भट्टराई र स्रष्टा मधु पोख्रेलसहित चार स्रष्टा सम्मानित हुने
झापा, पौष १ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाले प्रसिद्ध समालोचक डा. गोविन्दराज भट्टराई तथा प्रसिद्ध गजलकार स्रष्टा मधु पोख्रेल सहित चारजनालाई सम्मान गर्ने भएको छ । मुक्तक दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कार अगामी माघ १७ गते विराटनगरमा अयोजना हुने विशेष समारोहमा प्रदान गरिने भएको छ । प्रतिष्ठानको पौष ३० गते वसेको वैठकले नेपाल सरकारका सेवा निवृत्त सहसचिव तथा साहित्यकार सिताराम पोख्रेलबाट स्थापित पन्ध्र हजार राशीको नरनाथ नन्दकुमारी पुरस्कार नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई, मनमाया दाहाल र परिवारबाट स्थापित पन्ध्र हजार राशीको नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार नेपाली कविता समालोचना बाल साहित्य तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील डा.कौशिला रिसाललाई, तारानाथ पोख्रेलले मातापिताका नाममा स्थापना गरेको एघार हजार राशीको छमनादेवी रामप्रसाद स्मृति पुरस्कारबाट प्रसिद्ध गजलकार सम्पादक तथा साहित्यकार मधु पोख्रेललाई तथा दिवंगत माधव पोख्रेलको परिवारद्वार स्थापित एघार हजार राशीको माधव नम्रता स्मृति साहित्य पुरस्कारबाट नेपाली मुक्तकमा कलम चलाउने इलामका स्रष्टा शिव अधिकारी इलामे जेठोलाई प्रदान गरिने निर्णय गरेको छ ।