लेखनाथ पुस्तकालयबाट माधव वियोगी सहित नौजना सम्मानित

खगिन्द्रा खुसी · पौष २६, २०८२ ७:१२ PM
Cover Image for News

झापा, पौष २६ । लेखनाथ पुस्तकालयको ४६औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा झापाको चन्द्रगढीमा स्थापित लेखनाथ पुस्तकालयले स्थापनाकालदेखि नै हरेक वर्षको वार्षिक उत्सव कार्यक्रमलाई धुमधामका साथमा मनाउँदै आएको छ । पुस्तकालयमा स्थापित विभिन्न पुरस्कार तथा सम्मानहरु स्रष्टाहरुलाई प्रदान गर्दै सम्पन्न गरिने वार्षिक उत्सव कार्यक्रम अनुसार यस वर्ष पनि पुस्तकालयद्वारा छानिएका विभिन्न स्रष्टा सर्जकहरुलाई सम्मानित तथा पुरस्कृत गर्दै सम्पन्न भएको छ ।

pustakalaya6.jpg 782.43 KB
पुस्तकालयबाट प्रदान गरिने ४१०००/- राशिको कवि शिरोमणि लेखनाथ साहित्य तथा सम्मान पुरस्कार पोखराका छन्दकविताका अभियन्ता वरिष्ठ स्रष्टा माधव वियोगीलाई, १५०००/- राशिको श्यामकृष्ण- कामाक्ष श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कार इलामका इन्द्रनारायण सुवेदीलाई, ५०००/- राशिको भक्त-किरण साहित्य सम्मान तथा पुरस्कार झापाकी स्रष्टा भुवन सुब्बालाई, ५०००/- राशिको श्यामकृष्ण कामाक्ष श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कार वीरेन्द्र मा.वि.की कक्षा ९ की विद्यार्थी सफलता फुयाँललाई, ८०००/- राशिको शकुन्तला-गणेशप्रसाद भट्टराई छात्रा प्रोत्साहन पुरस्कार वीरेन्द्र मा.वि.की छात्रा सुमन सिं कौरीलाई, ५०००/- राशिको कर्ण-चित्र स्मृति प्रतिभा पुरस्कार भद्रपुर मा.वि.की कक्षा १२की छात्रा जमुना राजवंशीलाई प्रदान गरियो । यसैगरी पहिलो पटक नयाँ पुस्तक प्रकाशन गर्ने भद्रपुर क्षेत्रका स्रष्टालाई प्रदान गरिने स्रष्टा सम्मानबाट हरिप्रसाद तिम्सिना तथा गोपाल गिरी सम्मानित भएका छन् । यसैगरी छन्दोबद्ध कवि सम्मानबाट कृष्णप्रसाद चौँलागाई सम्मानित भएका छन् ।
pustakalaya5.jpg 549 KB
       लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभाध्यक्षता तथा प्राज्ञ मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई सचिव हरिकिशोर आचार्यद्वारा सन्चालन गरिएको थियो भने सल्लाहकार हरिप्रसाद न्यौपानेद्वारा स्वागत मन्तव्य राखिएको थियो । कार्यक्रममा पोखराबाट माधव वियोगी, छन्दिका त्रिपाठी, छन्दमणि त्रिपाठी, शिव त्रिपाठी, शुभ शर्मा, चन्द्रावती वाग्ले, चित्रा अधिकारी, लक्ष्मण गौतम 'हिमाली', लोचना अधिकारी, पद्मराज अधिकारी सहित १२ जना स्रष्टाहरुको उपस्थिति रहेको थियो भने इलाम तथा झापाका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो । भद्रपुर नगरपालिका वडा नं.१० को कार्यालयमा सम्पन्न कार्यक्रम शनिबार विहान १०:३०बाट सुरु भएको थियो ।
pustakalaya2.jpg 1.15 MB

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।