खोटाङ सामाजिक सेवा मञ्चको ४६ ओैं शृङ्खला भव्यताका साथ सम्पन्न
माघ ४ , झापा । शनिबार खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उप समितिद्वारा आयोजित नियमित रचना वाचन कार्यक्रमको ४६ ओैं शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि विराट साहित्य सङ्गमका अध्यक्ष एवम् गजलकार मधु पोखरेल, अग्रज साहित्यकार बलराम पोखरेल, गोकुल अधिकारी, गायत्री चापागाईं, टंक आचार्य मञ्चासीन थिए ।
कार्यक्रममा कविहरू प्रयाग न्यौपाने, उमेश लुइटेल, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, मञ्जु घिमिरे दाहाल, रामबाबु दाहाल, रोहिणी रसिक, शैलेन घिमिरे, हरि बराल, शारदा भट्टराई , निर्मला नेपाल, यमुना भट्टराई, शम्भु भट्टराई, स्वयम्भू कार्की, सुशीला प्रसाइँ, लक्ष्मी युग्मी, कुमार श्रेष्ठ, ऋृषि तिवारी, भूपाल अधिकारी, सुजाता राई, दिङ्लाली कान्छो, बाबुराम पोखरेल, भवानी पोखरेल, चुडामणि नेपाल अकिन्चन लगायत ३२ जना स्रष्टाले आफ्नो रचना वाचन गरेका थिए ।
उक्त कार्यक्रमलाई कवि नानुमैया दाहाले संचालन गरेकी थिइन् ।
उक्त कार्यक्रममा स्रस्टा प्रोत्साहनका लागि हास्य कवि अच्युतप्रसाद खतिवडाद्वारा स्थापित रू १०००/- को पुरस्कार प्रत्येक महिना उपलब्ध हुँदै आएको छ । जुन गोलाप्रथा द्वारा ५००/- को दरले २ जना लाई दिइने स्रष्टा प्रयाग न्यौपानेले जानकारी गराउनु भएको छ।