कविता गाउँ र गौचनको शालिक

खगिन्द्रा खुसी · पौष २१, २०८२ ८:३७ PM
Cover Image for News

झापा, पुस २१ गते । कास्कीमा कविता गाउँ घोषणा गरिएको । अन्नपूर्ण गाउँपालिका-६मा पर्ने यो स्थानलाई कवि तथा गीतकार विनोद गौचनको अगुवाइमा घोषणा गरिएको हो । पछिल्लो समयमा कविता गाउँको रुपमा नाम कमाएको सो गाउँमा 

पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना भएको कुरा कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले बताउनुभयो । 

कवितामा प्रतिकहरुको जीवन्त प्रयोग गर्ने स्रष्टा गौचनको २०६३ मा ‘पोखरामा फूल फुल्दैन ।’ 'ढुङ्गेसाँघुको मेलामा' कृति प्रकाशित रहेका छन् ।

विसं २०१२ जेठ १३ गते जन्मिनुभएका गौचनको 

गौचनले २३ वर्षको हुँदा लेखेको ‘जति माया लाए पनि’ गीतले अरुण थापासहित उहाँको पृथक् पहिचान बनाइदियो । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फुल्यौँ तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ लगायतका चर्चित गीतका सर्जक उहाँ नै हुनुहुन्छ । ५८ वर्षको जीवन पाउनुभएका उहाँका दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उहाँका केही गीत अझै आफूसँग रहेको सुनाउनुहुन्छ सङ्गीतकार सुनील थापा । थापाले गौचनका आधा दर्जन गीतमा सङ्गीत भर्नुभएको छ । 

पन्चासे क्षेत्रमा गुरुङ समुदायमा प्रचलित बाटो छेक्ने संस्कारलाई उहाँले स्थायी बनाएको ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ बोलको गीत कन्दरा ब्यान्डका विवेक श्रेष्ठले स्वर दिएपछि निकै लोकप्रिय बनेको थियो । 

साह्रै कम लेख्ने र लेखेपछि पनि आफूलाई चित्त नबुझी सार्वजनिक नगर्ने गौचनको निधन भएको आइतबार १२ वर्ष भएको छ । स्मृति दिवसमा कवितागाउँको छेउघरमा गौचनको अर्धकदको सालिक अनावरण गरिएको छ । 

ट्यागहरू:
सहित्य literature sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।