केवीआर क्रिएशनद्वारा दिव्य कञ्चन साहित्यिक पत्रिका विमोचन

Admin · मंसिर २५, २०८० २:२५ PM
Cover Image for News

बिर्तामोड । देब बाँस्कोटा , केवीआर क्रिएशन ग्रुप झापाले सृजनाको संगालो साहित्यिक पत्रिका दिव्य कञ्चन प्रकाशनमा ल्याएको छ । 

कला र साहित्यमा रुपान्तरित सृजना भन्ने मूल नाराका साथ फरक पृष्ठभूमिका प्रतिभालाई गोलबद्ध गराउने अभियान स्वरुप संस्थाका स्थापना गरिएको संस्थाका प्रेस संयाजक दिपेन विश्वकर्माले जानकारी दिनु भयो । समूहको तेस्रो कार्यसमिति बैठकबाट अध्यक्षमा देव बाँस्कोटालाई नियुक्त गरिएको छ ।

संगालो साहित्यिक पत्रिका दिव्य कञ्चन प्रकाशन
ग्रामिण क्षेत्र केन्द्रित प्रतिभा छनोट अभियानमा समूह जुटेको केवीआर क्रिएशन ग्रुपले जनाएको छ ।  समूहले प्रतिभा प्रस्फुटनका लागि प्रतिभा छनोट गरि बिर्तामोडमा केन्द्रित संस्थालाई नेपालमै चिनाउने अभियानमा लागेको परिकल्पनाकार तथा सञ्चारकर्मी भरत भाबुक प्रसाईले जानकारी दिनु भयो ।

झापाको बिर्तामोड ४ मा केन्द्रीय कार्यालय रहेको उर्जाशिल युवाहरुको समूहले २०७९ साल भदौ १० गते संस्था स्थापना गरेको थियो ।

 संस्थाका संरक्षक प्रसाईको अध्यक्षतामा सम्पन्न पत्रिका विमोचन कार्यक्रममा, कविता लेखन र प्रतिभा छनोटका विषयमा छलफल भएको संस्थाका सचिव निर्मल काफ्लेले जानकारी दिनु भयो ।

प्रविधिमैत्री प्रकाशन एवं प्रतिभा छनोटका लागि विविध कार्यक्रम सञ्चालन गर्न दिपेन विश्वकर्माको संयोजकत्वमा ३ सदस्य कार्यसमिति समेत गठन गरिएको छ ।

संस्थाको चौथोे कार्यसमितिको बैठकले नयाँ सदस्यको रुपमा आरोही शर्मा, रुविना बुढाथोकी, शर्मिला दाहाल, सरिना रिजाल, विवेक खरेललाई केन्द्रीय सदस्यका रुपमा चयन गरेको छ ।

कार्यक्रममा हरिता दाहाल, मुना काफ्ले, इन्दिरा राई, सृजना चम्लागाईं, रुविना बुढाथाकी,अल्सा बस्नेत, तेस्वी भट्टराई, निर्मल काफ्ले, दिपेन विश्वकर्मा, भरत प्रसाई लगायतले विभिन्न छन्द र रसका रचना बाचन गरेको थिए ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू