कवि तथा पत्रकार सुरेश किरण मानन्धरको निधन
झापा २६ फागुन /नेपालभाषाका कवि तथा पत्रकार सुरेश किरण मानन्धरको सोमबार निधन भएको छ ।
नेपालभाषा एकेडेमीले भर्खरै एउटा सूचना प्रकाशित गरी नेपालभाषा प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक परिषद् सदस्य, भाषा आयोगका माननीय सदस्य,नेपालभाषाका कवि तथा पत्रकार सुरेश किरण मानन्धरको निधन भएको जनाएको छ । उनलाई हिजो फागुन २५ गते हृदयाघात भएको थियो र मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचार भइरहेको थियो।
उनका `आज घण्टाघरले मसँग समय सोध्दैछ´शीर्षकको कविता सङ्ग्रहका साथै पद्मरत्न तुलाधरको जीवनी पुस्तक सम्पादन गरेका छन्।
सुरेश किरण ३९ वर्षका थिए।
भोलि,फागुन २७ गते बुधबार बिहान ९:००बजेदेखि दिउँसो १२:०० बजेसम्म नेपालभाषा मंका खल:मा श्रद्धाञ्जलीको कार्यक्रम हुने कुरा पनि एकेडेमीले जनाएको छ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ अक्टोबर २०२६