कवि राजेन्द्र कोजुको ´आगोका अक्षरहरु` कविता कृति विमोचन
झापा १२ फागुन /कवि राजेन्द्र कोजुको ´आगोका अक्षरहरु´कविता कृतिको विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ।
कोजु रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल राजनीतिक विश्लेषक साहियकार बहुप्रतिभाशाली व्यक्तित्व हुन्।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रीन्सिपल सूर्यप्रसाद लाकोजुले आगोका अक्षरहरु कविता सङ्ग्रहको शिर्षकबारे चर्चा गर्नु भयो।आगो भनेको उर्जाको प्रतीक हो आगोको सहि सदुपयोग हुनु पर्छ। त्यस्तै आगोका अक्षरहरु कविता सङ्ग्रहको अर्को अर्थमा समाजमा भएका अन्याय अत्याचार भ्रष्टाचार शोषण विरोधको प्रतिकात्मक कविताको सन्देश रहेको बताउनु भयो।