काठमाडौंमा पत्रकार भोजराज थापा सहित ४० विधालाई सम्मान

खगिन्द्रा खुसी · पौष १२, २०८२ ९:३९ AM
Cover Image for News

झापा, पुस १२ गते । काठमाडौंमा सम्पन्न भएको एक कार्यक्रममा पत्रकार भोजराज थापा सम्मानित भएका छन् । राप्ती समाज काठमाडौंको ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार थापालाई  राप्ती पत्रकारिता पुरस्कार - २०८२  प्रदान गरी सम्मान गरिएको हो । 

 समाजका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। पौषको ११ गते पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा सम्पन्न सो समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, लोक, आधुनिक, पप, चलचित्र गीतसंगीत, अभिनय, छायांकन, निर्देशन, सम्पादन लगायत करिब ४० विधामा विभिन्न कलाकार, सर्जक तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

पत्रकार थापालाई सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। 

कार्यक्रममा अध्यक्ष तथा चर्चित गायक–संगीतकार गोविन्द मधुर आचार्यले कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गर्दै कलाकार, स्रष्टा, दर्शक, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। साथै, यस्ता अवार्ड कार्यक्रमले नेपाली स्रष्टा र कलाकारलाई थप प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभयो। 

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।