कथाकार बद्री ढकाल 'हिरामणि'को लघुकथा सङ्ग्रह मुकुर लोकार्पण

खगिन्द्रा खुसी · पौष १९, २०८२ ९:२८ PM
Cover Image for News

झापा, पौष १९ । कथाकार बद्री ढकाल हिरामणिको लघुकथा सङ्ग्रह मुकुर लोकार्पण भएको हो । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न एक कार्यक्रममा सो कृति विमोचन भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य महानन्द ढकाल, प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, कृतिकारकी आमा लगायतले संयुक्त रूपमा विमोचन गरिएको हो । पूर्णिमाले प्रकाशनले प्रकाशन गरेको सो कृतिको विमोचनमा बोल्दै प्रमुख अतिथि ढकालले बहुप्रतिभाशाली कथाकार बद्री ढकालको कथाकारिता मुकुरमा स्पष्ट देखिने भन्दै कृतिले पूर्णिमाको साहित्यिक यात्रामा थप उपलब्धि जोडेको बताए ।
 समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले समीक्षाका क्रममा कृतिले समसामयिक सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई समेटेको बताउँदै  कृतिको संरचना, पात्र र परिवेशबारे पनि चर्चा गरे । अर्का समीक्षक प्रमोद सुवेदीले मुकुरको अङ्ग्रेजी अनुवादमा भाव, संस्कृतिचेतना, शब्दचयन र काव्यिक ओजका दृष्टिले उत्कृष्टता देखिने बताए ।
 कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित मुकुरले नेपाली पाठकसँगै कोहलपुरको साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताए। कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए।

पूर्णिमाका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचय दिएका थिए भने कृतिकार ढकालले सहभागीका जिज्ञासाको सम्बोधन गरेका थिए। कार्यक्रममा भारतको भोपालसहित बाँके, दाङ, बर्दिया, पोखरा र धनगढीबाट आएका सात दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो।

कार्यक्रम संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भई सचिव केशव निमेषले सञ्चालन गरेका थिए ।

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।