कृष्णभूषण बल सिर्जना सम्मानबाट तीन स्रष्टा र एक संस्था सम्मानित

खगिन्द्रा खुसी · मंसिर २३, २०८२ ६:४५ PM
Cover Image for News

कृष्णभूषण बल सिर्जना सम्मानबाट तीन स्रष्टा र एक संस्थालाई सम्मान गरिने भएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०८१ सालको तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

फोटो
प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र समालोचना विधामा दिएको योगदानका लागि समालोचक, कवि डा. राजेन्द्र भण्डारी कालेबुङ, पश्चिम बङ्गाल (भारत)लाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मान, पुरस्कार राशि रु. पच्चीस हजार रहेको छ । यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ ,विष्णुविभु घिमिरे , दिनेश अधिकारी र शैलेन्द्र साकार र शिवशङकर थापा सम्मानित भइसक्नु भएको छ ।
फोटो
यसै गरी २०८१ सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि ज्योति जङ्गललाई र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार दुई दशकदेखि कविता विधामा दिएका योगदानका लागि युवाकवि रमेशचन्द्र अधिकारी (मोरङ)लाई प्रदान गरिने भएको छ । पुरस्कार राशि क्रमशः पन्द्र हजार र एघार हजार रहेको छ । यो पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल , डा. गीता त्रिपाठी, सगुन सुसारा ,डा सुधा एम राई, सगुन सुसारा ,विवश बलिभद्र कोइराला,प्रेम ओझा, रोशन परियार , उमेश लुइटेल, शुभलक्ष्मी लम्साल पुरस्कृत भैसकेका छ्न् ।
फोटो
प्रतिष्ठानले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धि र सेवामा लामो समयदेखि पुर्‍याएको योगदानका लागि कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानलाई सम्मान गर्ने समेत निर्णय गरेको छ।

 प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी २०८२ साल पौष उन्नाइस गते शनिबार विराटनगरमा समर्पण गरिने छ ।

आगामी वर्षदेखि उक्त पुरस्कारहरू राशि वृद्धि गरी प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने छ कुराको जानकारी बिराटनगरबाट स्रष्टा विवश पोख्रेलले दिनुभएको छ ।

ट्यागहरू:
सहित्य literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू