कञ्चनपुरको दोधारा चाँदनीमा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गाेष्ठी सम्पन्न
झापा २१ चैत्र /प्रगतिशील लेखक सङ्घकाे दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक सङ्गाेष्ठी र प्रलेस राष्ट्रिय परिषद बैठकको सम्पन्न भएकाे छ।
कञ्चनपुरको दोधारा चाँदनीमा शुक्रबार अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीको आयोजना भएको छ। प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको आयोजना र दोधारा चाँदनी नगरपालिकाको प्रवर्द्धनमा उक्त ऐतिहासिक साहित्यिक कार्यक्रम भएको हो।
नेकपा एमालेका नेता साहित्यकार शितबिन्दु क. प्रदीप ज्ञवालीकाे प्रमुख आतिथ्यमा चार जना भारतीय साहित्यकारहरूका विचारपत्र र नेपाली लेखक प्राडा.जीवेन्द्र देव गिरीकाे कार्यपत्र प्रस्तुत गरिएको थियोे।
दोधारा चाँदनी नगरपालिकाको सभाकक्षमा सञ्चालन भएको सङ्गोष्ठीले सुदूरपश्चिम क्षेत्रको साहित्य,कला तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय सङ्गोष्ठीलाई भव्य रूपमा सफल पार्न प्रलेस सुदूरपश्चिम प्रदेश समिति,कञ्चनपुर जिल्ला समिति लगायतका विभिन्न उपसमिति र सम्बद्ध व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियोे।
दोधारा चाँदनी नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।स्थानीयस्तरमा अन्तर्राष्ट्रिय स्तरको यस्तो कार्यक्रम हुनुले सुदूरपश्चिमको प्राज्ञिक गरिमा बढेको प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीले बताए ।
सङ्गोष्ठीमा भारतका विभिन्न प्रान्तबाट साहित्यकार डा सुरज थापा,जितेन्द्रहरि पाण्डे,नेपालतर्फबाट साहित्यकार डिपी शर्मा,तिला लेकाली,हिरा खड्का,बोधराज घिमिरे,नानु दाहाल सुवेदी,सृजना सरोवर लगायतका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियोे।
सङ्गाेष्ठीमा केही भारतीय र केही स्थानीय कविहरूका साथै सातै प्रदेशका प्रगतिशील कविहरूले कविता प्रस्तुत गरे ।प्रलेसका अध्यक्ष डा देवी क्षेत्री दुलालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो।