कलाश्री विनोद खनालको निर्देशनमा´बेतैकी लौरी’ संगिनी भिडियो सार्वजनिक
झापा १५ भाद्र/कलाश्री बिनोद खनालको निर्देशनमा तथा प्रतिभाशाली गायिका कुमारी छेत्रीको सुमधुर कण्ठमा प्रस्तुत गरिएको ‘संगिनी’ नृत्य भिडियो सहित सार्वजनिक गरिएको छ।
नेपाली चलचित्र जगतका चर्चित निर्देशक तथा बहुप्रतिभाशाली कलाकार तुलसी घिमिरेले असमको विश्वनाथ अन्तर्गत बटियामारीमा विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरेका हुन्।
‘आमा कला कुञ्ज’को निर्माणमा तयार भएको ‘संगिनी’ नृत्य भिडियोको डिजिटल लोकार्पणपछि आफ्नो अभिमत व्यक्त गर्दै घिमिरेले कला, संस्कृति र नयाँ पुस्ताको सिर्जनात्मक यात्राबारे असमको महत्वपूर्ण भूमिका रहेको बताए ।
असममा पहिलोपटक गोर्खाली सांगीतिक कोसेली ‘संगिनी’ सार्वजनिक भएको हो।बिहाली–बटियामारीस्थित आमा कला कुञ्ज परिवारको प्रस्तुति तथा तिनसुकियाको इन्द्रेणी सांस्कृतिक गोष्ठीको सहकार्यमा तयार गरिएको ‘संगिनी’ म्युजिक भिडियो कुमारी कार्की अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गोर्खाली संस्कृति, परम्परा र मौलिकताको मिठास बोकेको ‘संगिनी’ले हाम्रो संस्कृति, पहिचान र लोकसंगीतको विरासतलाई सांगीतिक कोसेलीका रूपमा दर्शकमाझ प्रस्तुत गरेको छ।
असमको विश्वनाथ जिल्लास्थित बाटियामारी गाउँका गोर्खा कलाकार कलाश्री विनोद खनालको प्रेरणादायी कथा छ।आफ्नो सम्पूर्ण जीवन गोर्खा लोकसंस्कृति, संगिनी नृत्य, देउसी–भैलो तथा जातीय पहिचानको संरक्षणमा उनले समर्पित गरेका छन्। काजिरङ्गामा रहेको भारतकै एकमात्र गोर्खा लोकसंस्कृति संग्रहालय उहाँकै नाममा नामकरण गरिएको छ।
गोर्खाली लोकसंस्कृति र मौलिक लोकनृत्यको सुन्दर प्रस्तुतिसहित ‘बेतैकी लौरी नि छिरलिङै बज्यो’ संगिनी नृत्य प्रस्तुत गरिएको हो।जस्को शब्द तथा संगीत र निर्देशन बिनोद खनाल,स्वर ,प्रस्तुति कुमारी कार्की,संगीत संयोजन वेदराज शर्माको रहेको छ भने सम्पादन निरेन रेगनले गरेका छन्।भिडियो निर्माता चनवीर सोनारले गरेका हुन्।
भिडियोमा कुमारी कार्की, सुष्मिता शर्मा, सुरज काफ्ले, विष्णु दाहाल, सुमन दाहाल, अनुष्का रिमाल,भेनी शर्मा लगायतका कलाकारहरुको प्रस्तुति रहेको छ।

माइतीको आँगनदेखि आफू हुर्किएको माटोसम्मको सम्झनाले उनको मन भावुक हुन्छ। ती पुराना दिन र आफ्ना मान्छेहरूको सम्झनामा आँसु झार्दै उनी मनमनै आफ्ना सँगिनीहरूसँग विरहका भाका गाउँछिन्।
यो प्रस्तुति केवल एउटा नृत्य वा गीत मात्र नभई माइतीघरको सम्झना, छोरी–चेलीको विरह र आफ्नो जन्मभूमिप्रतिको आत्मीयताको सांस्कृतिक अभिव्यक्ति रहेको विनोद खनालले बताए ।
भिडियो लिङ्क- https://youtu.be/zzuc2h2TsnM?si=Qhmye3m5wS010RMx