कालीगण्डकी साहित्य परिषद्लाई “बलराम टोकलादेवी" पुरस्कार

खगिन्द्रा खुसी · माघ १८, २०८२ ७:४४ PM
Cover Image for News

झापा, माघ १७ ।२०८२ माघ १७ गते चितवनमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । बलराम वाङ्मय प्रतिष्ठानको आयोजनामा कालिका नगर चितवनमा सम्पन्न सो कार्यक्रममा कालीगण्डकी साहित्य परिषद् चितवनलाई बलराम वाङ्मय प्रतिष्ठानले रु.एघार हजार राशी सहितको “बलराम टोकलादेवी" पुरस्कारद्वारा पुरस्कृत गरेको छ । बलराम वाङ्मय प्रतिष्ठानका सभापति पूर्णप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महाकाव्यकार प्रकाश चापागाईं प्रमुख अतिथि रहनुभएको थियो भने प्रा.डा.कर्ण बानियाँ, महाकाव्यकार केशवराज आमोदी, गणेश शर्मा पौडेल र चिरञ्जीवी दाहालको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा कविहरू रामलाल कुमाल, गोकर्ण मल्ल , राजेन्द्र घायल, विष्णु पौडेल, होमनाथ घिमिरे, देवीदास घिमिरे, हेमराज अर्याल , रामकृष्ण ढकाल, हिमा अर्याल, कृष्णा उदासी, रुपेश श्रेष्ठ, ऋषेश्वर दुवाडी, जयदेवी लम्साल लगायत विभिन्न कविहरूले कविता, गजल र मुक्तक वाचन गरेका थिए । 

 कार्यक्रमको सहजीकरण प्रा. कपिल अज्ञातले गरेका थिए ।

ट्यागहरू:
सहित्य news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।