कबाबाट आधा लाख सहयोग

खगिन्द्रा खुसी · भदौ १६, २०८३ ३:२६ PM
Cover Image for News

१६ भदौ, झापा । भदौ १० गते बुधबार बिहान  भोटेकोसीमा आएको बाढीबाट धेरै धनजनको क्षति भएको र यसबाट  धेरै साहित्यकारहरु पनि प्रभावित हुन सक्ने हुँदा  सबैलाई व्यक्तिगत रुपमा सहयोग गर्न असम्भव भएको कारण नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले सरकारी तवरबाट सहयोग पुग्ने आशाको साथ नेपाल सरकारको दैवीप्रकोप उद्धार कोषमा एकमुष्ट आधा लाख अर्थात पचास हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । कबाले आफ्नो विशिष्ट सदस्यता शुल्कको रकमको अक्षयकोष खोलेर कबा साहित्यकार उपचार कोष पनि स्थापना गरेको छ ।  यस कोषबाट हालै मेरुदण्डको पक्षघातबाट पीडित एक साहित्यकारलाई बीस हजार सहयोग उपलब्ध गराएको थियो । निबन्ध आचार्य प्रकाशक तथा सम्पादक भएर २०६९ साल साउन ५ गतेदेखि प्रकाशन शुरु गरेको कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकमा उपन्यासकार शङ्कर भारती सल्लाहकार,साहित्यकार गङ्गा पौडेल प्रवन्धक,कवि त्रिलोचन आचार्य स्तम्भकार ,कल्पना आचार्य कार्यकारी सम्पादक,प्रशुराम अधिकारी सहसम्पादक,विमल कोइराला व्यवस्थापक र माधव न्यौपाने बजार व्यवस्थापक रहनुभएको छ भने कबा साहित्यकार उपचार कोषको अध्यक्ष दुर्गा अधिकारी भमरकोटे  हुनुहुन्छ । हालसम्म कबाको ६२५ अङ्क प्रकाशित भइसकेको समाचार पत्रकार निवन्ध आचार्यबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।