झापामा 'पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने
झापामा पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ । झापाको विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाहरूको सहभागितामा यो अभियान घोषणा गरिने भएको हो।
आइतबार बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा सन् २०२६ भरी पठन संस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसहित यो अभियान सुरु गर्न लागिएको कुरा जानकारी दिइएको छ ।
अभियानका लागि ‘अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङ, वीरता रिडर्सका संयोजक तीर्थ सिग्देल, रेडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य, झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, मिडिया रिसर्च सेन्टर र इशा बुक्स सेन्टरको संयुक्त पहलमा अभियान अघि बढाइएको हो ।
अभियान अन्तर्गत सामाजिक स्तरबाट पठन संस्कृति वर्ष घोषणा गर्दै यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिने तथा साहित्यिक, सामाजिक, व्यावसायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी लक्षित सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरिने कुराको जानकारी पठन संस्कृति वर्ष २०२६ का सह संयोजक केशव मैनालीले गराएका छन् ।