जनकपुरमा चार दिने जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू

खगिन्द्रा खुसी · फागुन ५, २०८२ ९:१५ PM
Cover Image for News

झापा, फागुन ५ । जनकपुरमा चार दिने जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू भएको छ । कला, संस्कृति र पहिचान उजागर गर्ने उद्देश्यले सुरु भएको सो महोत्सव मैथिली विकास कोषले आयोजना गर्ने भएको हो । मंगलबारदेखि सुरू भएकाे महोत्सवमा नेपाल-भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरू सहभागी छन् । महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउने उद्घोष गर्नुभयाे ।

महोत्सवमा लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकलाको कार्यशाला तथा प्रदर्शनी, पाँचवटा विभिन्न नाटकहरू, मिथिलाको भोजन तथा कवि गोष्ठीहरू हुनेछ भने चित्रकला, पुस्तक प्रदर्शनी, मिथिला भोजन, विविध सांस्कृतिक कार्यक्रमसहित राजनीतिक, सामाजिक र साहित्यिक चर्चा हुनेछ । 

 

ट्यागहरू:
सहित्य samachar puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।