इन्दिरा रेग्मीको पहिलो कृति ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण

दिलिप घिमिरे · चैत २२, २०८२ १:३४ PM
Cover Image for News

झापा २२ चैत्र /साहित्यकार इन्दिरा रेग्मीको पहिलो कृति‘अक्षरमा अनुभूति’ मुक्तक संग्रहको लोकार्पण शनिबार सम्पन्न गरिएको छ ।
 राजधानीको रत्नराज्य पुस्तकालयमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार गोविन्दमान सिंह कार्की र बेलकोटगढी नगरपालिका उपमेयर शिवप्रसाद दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

नुवाकोटको बेलकोटगढी–११, अमारे निवासी रेग्मीको यो पहिलो कृति हो । लोकार्पण कार्यक्रममा विभिन्न साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फोटो
कार्यक्रममा कार्कीले रेग्मीको यो पहिलो कृति भए पनि महत्वपूर्ण र उत्कृष्ट मुक्तकहरू समेटिएकोमा खुशी व्यक्त गर्दै आगामी साहित्यिक यात्राको सफलताको कामना गरे । 

त्यसैगरी बेलकाेटगढी नगरपालिकाका उपमेयर दाहालले साहित्य क्षेत्र पनि समावेशी विकासको एक महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै रेग्मीको लेखनप्रति प्रशंसा व्यक्त गरे । उनले रेग्मीका रचनाहरू यसअघि पनि पढ्ने गरेको बताउँदै ढिलै भए पनि कृति प्रकाशन गरेकोमा बधाई दिँदै नगरपालिका तर्फबाट विधिसम्मत सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा साहित्यकारहरू धुर्व गजुरेल, निर्मल रमण पराजुली, दामोदर ढकाल तथा नुवाकोट साहित्य संगमकी अध्यक्ष सुमिता सुमीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरूले रेग्मीका मुक्तक समेत वाचन गरेका थिए ।
नोबेल साकोस साहित्य संस्था केन्द्रद्वारा प्रकाशित उक्त मुक्तक संग्रहमा १७७ वटा मुक्तक समावेश छन् ।

ट्यागहरू:
साहित्य #मुक्तक#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।