घिमिरेकाे तेह्राैँ स्मृति दिवशमा : स्रष्टा सम्मान तथा कृति लाेकार्पण
साहित्यकार बुद्धिप्रसाद घिमिरेकाे तेह्राैँ स्मृति दिवसकाे अवसरमा दुई जना स्रष्टा र एक विद्यार्थी सम्मानित भएका छन् । २०८२ कार्तिक १९ गते भव्यताका साथ सम्पन्न कार्यक्रममा स्रष्टा प्राज्ञ रविमान लम्जेल र साहित्यकार तारा राई (अनमाेल) सम्मानित भएका छन् । त्यसैगरी महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट यसवर्ष स्नातक तहमा सर्वाेकृष्ट अंक ल्याउने विद्यार्थी मनिसा लिम्बूलाई सम्मान गरिएकाे छ । सम्मानित तीनै जनालाई जनही १० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएकाे हो ।
कार्यक्रमकाे अवसरमा कवि इन्द्रनारायण सुवेदीकाे पुस्तक "मेराे इलाम" लाेकार्पण गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि इलामका विशिष्ट नागरिक तथा इतिहासविद युद्धप्रसाद वैद्यले कृति लाेकार्पण र सम्मानितलाई सम्मान गरेका छन् ।
कार्यक्रममा साहित्यकार घिमिरेकाे साहित्यिक याेगदानकाे चर्चा, कवि सुवेदीकाे पुस्तक मेराे इलाममाथि विमर्श र कवि तथा साहित्यकारहरूकाे रचना वाचन समेत भएकाे थियाे ।