गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक ।

खगिन्द्रा खुसी · मंसिर २२, २०८२ १०:४६ PM
Cover Image for News

साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौँमा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित नयाँ गीत ‘प्यारो गाउँ भीमफेदी’को लोकार्पण भएको छ । अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न भएको एक कार्यक्रममा उक्त गीत औपचारिक रूपमा लोकार्पण गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पूर्व राजदूत तथा  परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । गाउँप्रेम र जन्मथलोप्रतिको न्यानो संवेदनामा आधारित गीत ‘प्यारो गाउँ भीमफेदी’लाई प्रमुख श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । विजय गुरुङको सङ्गीत र तृप्ति खड्का गुरुङ तथा विजय गुरुङकै स्वरमा तयार भएको सो गीत सार्वजनिक भएलगत्तै सङ्गीतकार तथा गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले गीत सृजनाको क्रममा आफूले अनुभूति गरेको सन्दर्भ दर्शकमाझ बाँडनुभयो  । कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधानसम्पादक आख्यानकार किशोर पहाडीले गीत र सर्जकभीमफेदीयाका सिर्जनात्मक प्रयत्नबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयाे । विशिष्ट अतिथि, साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग आफ्नो दीर्घ परिचय स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभयाे ।
पत्रकार श्रीराम सिंह बस्नेतको सहजीकरण रहेको कार्यक्रम अन्त्यमा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ र सर्जक भीमफेदीयासहित उपस्थित साहित्यकर्मीहरूले गीत तथा स्रष्टाको आगामी यात्राप्रति शुभेच्छा व्यक्त गर्नुभयाे ।

ट्यागहरू:
सहित्य रूबाइ लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू