गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक ।

खगिन्द्रा खुसी · मंसिर २२, २०८२ १०:४६ PM
Cover Image for News

साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौँमा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित नयाँ गीत ‘प्यारो गाउँ भीमफेदी’को लोकार्पण भएको छ । अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न भएको एक कार्यक्रममा उक्त गीत औपचारिक रूपमा लोकार्पण गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पूर्व राजदूत तथा  परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । गाउँप्रेम र जन्मथलोप्रतिको न्यानो संवेदनामा आधारित गीत ‘प्यारो गाउँ भीमफेदी’लाई प्रमुख श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । विजय गुरुङको सङ्गीत र तृप्ति खड्का गुरुङ तथा विजय गुरुङकै स्वरमा तयार भएको सो गीत सार्वजनिक भएलगत्तै सङ्गीतकार तथा गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले गीत सृजनाको क्रममा आफूले अनुभूति गरेको सन्दर्भ दर्शकमाझ बाँडनुभयो  । कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधानसम्पादक आख्यानकार किशोर पहाडीले गीत र सर्जकभीमफेदीयाका सिर्जनात्मक प्रयत्नबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयाे । विशिष्ट अतिथि, साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग आफ्नो दीर्घ परिचय स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभयाे ।
पत्रकार श्रीराम सिंह बस्नेतको सहजीकरण रहेको कार्यक्रम अन्त्यमा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ र सर्जक भीमफेदीयासहित उपस्थित साहित्यकर्मीहरूले गीत तथा स्रष्टाको आगामी यात्राप्रति शुभेच्छा व्यक्त गर्नुभयाे ।

ट्यागहरू:
सहित्य रूबाइ लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
साहित्यकार लेकाली सम्मानित
साहित्यकार लेकाली सम्मानित
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
दिलिप घिमिरे - बुधबार २१ जनवरी २०२६