चितवनको भरतपुरमा 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष ७, २०८२ ८:११ PM
Cover Image for News

झापा,पुस ७ गते । चितवनको भरतपुरमा विद्यालयमा कुलपति कार्यक्रम सम्पन्न भएको छ  । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको हो ।  विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत र डा. कौशिला रिसालको उपस्थिति रहेको उक्त कार्यक्रम प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा.अम्मन जोशीसहित पाँच जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी र विमर्शसमेत गरिएको थियो ।

कुलपति.१.jpg 373.63 KB
शब्द, कला तथा साहित्य प्रतिष्ठान चितवनको संयोजनमा सम्पन्न गोष्ठीमा चितवन जिल्लामा रहेका स्थानीय तहका प्रज्ञा–प्रतिष्ठानहरू सह–आयोजकका रूपमा थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति राईद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा कुलपतिबाट कार्यपत्र प्रस्तोता तथा स्थानीय प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू