चन्द्रगढीमा 'विद्यार्थीसँग लेखनाथ पुस्तकालय' कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · मंसिर २७, २०८२ १:४० PM
Cover Image for News

लेखनाथ पुस्तकालयको मंसिर महिनाको सुकबारे भेला सम्पन्न भएको छ । चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले नियमित रुपमा सम्पन्न गर्दै आएको मासिक कार्यक्रम सुकबारे भेलामा यस पटक विद्यार्थीसँग लेखनाथ पुस्तकालय शीर्षकमा जेन जी आन्दोलनको प्रभाव र असर विषयमा विद्यार्थीहरु बिच वक्तृत्वकला सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्व तथा प्रा डा गङ्गा अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रुद्र गौरी श्री अम्बिका अोली प्रतिष्ठानका अध्यक्ष गंगा अोली, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, तथा राजेन्द्र चापागाईंको विशेष उपस्थिति रहेको थियोे । भद्रपुरका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएको प्रतियोगितामा समालोचक, आख्यानकार तारा विविध र चूडामणि वाशिष्ठ निर्णायक रहनुभएको थियोे । प्रतियोगितामा नेशनल मेरिगोल्ड अङ्ग्रेजी स्कुलको प्रियान्सी धमला प्रथम, वीरेन्द्र मा वि का समीर निरौला  दोस्रो र नेशनल मेरिगोल्डकै कृजन बराल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । 

फोटो
साहित्यकार होम सुवेदी, कृष्ण सुवेदी निराकार, विरही अधिकारी, उद्धव विष्ट, हरि न्यौपाने, देवीचरण भण्डारी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्रष्टा उषा गुरुङ, भानु पोख्रेल, निर्मला दङ्गाल बाँस्तोला, आरती पोख्रेल लगायतले कविता वाचन गरेका थिए । विशेष अतिथिहरु गङ्गा अोली तथा प्रमुख अतिथि प्रा डा गङ्गा प्रसाद अधिकारीले मन्तव्य राख्नुभएको थियोे ।
फोटो
"लेखनाथ पुस्तकालय साहित्यकारहरुको मात्र हो भन्ने छाप परेको छ, यो सबै अध्ययन गर्नेहरुको हो, आजको जस्तो कार्यक्रमले पुस्तकालय साहित्य विषयसँग सम्बन्धित कार्यक्रम मात्रै गर्छ भन्ने भ्रम हटाउन सहयोग गर्छ, पुस्तकालय सबै विषयसँग सम्बन्धित छ यो एउटा विश्वविद्यालय हो' भन्ने धारणा ब्यक्त गर्नुभयो । पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा स्वागत गोविन्द कोइरालाले गर्नुभएको थियो भने सचिव हरिकिशोर आचार्यले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू