बोधराज पौडेलको ‘धमिराको देवल’ लोकार्पण
२९, कार्तिक, झापा । शुक्रबार निबन्धकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘धमिराको देवल’ लोकार्पण भएको छ । वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्य तथा आयोजक सँस्था शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा, प्रमुख अतिथि, सभापति तथा संरक्षक सविता ढुंगाना र संगीता शर्मा, गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचक प्रमोद प्रधान र प्रा.डा. गोविन्दमानसिंह कार्की लगायतले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।
