प्रखर कवि विरही अधिकारीको कविता सङ्ग्रह ‘मान्छे बेच्ने देश’ बिमोचन भएको छ । लेखनाथ पुस्तकालयले आयोजना गरेको एक कार्यक्रमका बीच हिँजो चन्द्रगढीमा कवि अधिकारीको सङ्ग्रह बिमोचन भएको हो ।
फोटोयसअघि एक निबन्ध सङ्ग्रह, एक कथा सङ्ग्रह र गद्य तथा पद्यका आठवटा कविता सङ्ग्रह सहित दश कृति प्रकाशित भईसकेका अधिकारीको एघारौँ कृतिको रुपमा यो कविता सङ्ग्रह आएको हो । देश, माटो मातृभूमि प्रति चिन्ता गरिएका, विकृति र विसङ्गतिप्रति कडा ब्यङ्ग्य गर्ने तथा प्रखर कविता वाचन गर्ने कविका रुपमा स्थापित कवि विरही अधिकारीको यस कृतिमाथि प्रा.डा.गङ्गाप्रसाद अधिकारी र चूडामणि वाशिष्ठले समीक्षा गर्नुभएको थियो । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभाध्यक्षता एवं साहित्यकार विन्दु दाहाल मुकदर्शकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सय भन्दा बढी स्रष्टाहरुको उपस्थिति रहेको थियो । कविताका भाव अनुसारका चित्रहरु सहित प्रकाशन भएको सो सङ्ग्रहको समीक्षाका क्रममा प्रा.डा.गङ्गाप्रसाद अधिकारीले ‘कवितालाई चित्रसँग मिसाएर लेख्दा दिन खोजेको भाव अझ शसक्त र पूर्ण हुने रहेछ ।’ भन्ने धारणा व्यक्त गर्नुभएको थियो भने चूडामणि वाशिष्ठले ‘अधिकारीका कविता शसक्त हुन्छन्, विद्रोही भावका, वर्तमान परिप्रेक्षका समसामयिक विषयहरुलाई शसक्त ढङ्गले प्रस्तुत गर्ने खालका हुन्छन् ।’ भन्ने धारणा व्यक्त गर्नु भएको थियो । राजेश ढुङ्गानाद्वारा स्वागत गरिएको सो कार्यक्रममा केशव भट्टराई, चन्द्रभण्डारी, भद्रपुर नगरका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रमको सन्चालन सचिव हरिकिशोर आचार्यले गर्नुभएको थियो ।
ट्यागहरू:
सहित्य
कविता
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।