बनेपामा ‘गाउँ बिरानो भयो’ पुस्तकको बिमोचन
आज बनेपामा ‘गाउँ बिरानो भयो’ पुस्तकको बिमोचन गरिएको छ । कवि मुरहरि रायमाझीद्वारा लिखित सो पुस्तक प्रगतिशील लेखकसंघको एक कार्यक्रममा बिमोचन गरिएको हो । कविता र गजल लेखनमा चर्चा कमाएका रायमाझीका यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित भएका छन् । चौथो कृतिका रुपमा आएको गाउँ बिरानो भयो भित्र छन्दोबद्ध कविता, गजल, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरु समावेश गरिएको छ । सो कृतिलाई शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामा लगायतले सार्वजनिक गरे । सोही अवसरमा प्रगतिशील लेखकसंघ काभ्रेपलाञ्चोकको प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो भने नवराज दाहाल उत्साहीले विशेष रचना वाचन समेत गरेका कुराको जानकारी साहित्यकार जीवेन्द्रदेव गिरीबाट प्राप्त भएको छ ।
ट्यागहरू:
सहित्य
कविता
literature
news
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६