बाल सुवोधिनीमा कविता वाचन कार्यक्रम सम्पन्न
आज मिति २०८२-०९-१८ गतेका दिन झापा मेचिनगरको नमुना स्कुल श्री बाल सुबोधिनी मा.विको पहिलो पाइला सहित्य मञ्चको आयोजनामा कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ , साहित्यकार केशब आचार्यको प्रमुख आतिथ्य तथा टंक बिकल्पको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बाल सुबोधिनी मा बिका विद्यार्थी एवम् पहिलो पाइला साहित्य मन्चका अध्यक्ष श्री अभिशेक आचार्यको सभापतित्व रहेको थियो । कार्यक्रमामा झापाली कवि, स्रष्टाहरुको साथै स्थानीय स्कुलका विधार्थीहरुले कविता तथा रचना वाचन गरेका थिए । कार्यक्रममा कान्छो भुपेन्द्र आचार्य , झापाली साहित्य समाजका अध्यक्ष हरि बराल , विबेक निशानि ( आचार्य ) , प्रचुर अभाव , रेडियो बिराटका सन्चालिका एवम् साहित्यकार लिला अनमोल , पवन ढुङेल , रमेश नेपाल , तुलसी मिश्र , सङ्गीता कोईराला , हरि ढकाल , आदिले रचना वाचन गर्नु भएको थियो भने स्थानीय स्कुलका साहित्यकार नतिजा घिमिरे , करिश्मा राजवंशी, उषा लिम्बु , नम्रता खड्का , बिनिता पौडेल , योगेश फुयाल , अनुश्का ढुङ्गाना , आरोही तिमिल्सिना , नम्रता मिश्र , सरस्वती सुबेदी , आर्सि खनाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रम को सन्चालन पहिलो पाइला साहित्य मन्चका संरक्षक तथा यसै स्कुलका शिक्षक श्री पदम मिश्र ले गर्नु भएको थ्यो भने कार्यक्रममा उक्त स्कुलका प्रधानाध्यापक श्री विश्व थापा ज्युले शुभकामना मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको बारेमा पहिलो पाइला साहित्य मन्च का परिकल्पना कार परिकल्पनाकार तथा स्कुलका पुर्व विद्यार्थी कान्छो भुपेन्द्र आचार्यले प्रकाश पार्नु भएको थियो ।