भरोसा त मलाई

आभास रिखाम मगर · भदौ २०, २०८३ ७:१८ PM
Cover Image for News

कविता 

भरोसा त मलाई

          ✍️ आभास रिखम मगर

भरोसा त मलाई
 कसैको पनि लाग्दैन
 साला जाबो
 आफ्नै छाँयाले पनि
 कुनै बेला सातै खाने गरि तर्साउछ 

बिज्ञानका कति असफल प्रयासहरु
 आँखै अगाडी देखिरहेका छौँ
 कल्पना चौउलाले फेरी पृथ्वी टेक्न पाएन 

प्रेममा विश्वासघात त कति हो कति 

आफन्तबाट धोका पाएर
 सडकमा गीत गाउने मगन्तेहरुको
 कमि छैन यो समाजमा 

भरोसा आफैलाई
 गर्नु बाहेक केहि बिकल्प छैन।
                  ©

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
ईश्वर ढकाल
एक महिना अगाडि

सार्है सुन्दर चोटीलो कविता….

सम्बन्धित पोस्टहरू
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६