भक्तपुर बुढ्यौली साहित्य समाजको २४औँ शृङ्खला सम्पन्न

खगिन्द्रा खुसी · पौष १९, २०८२ ९:४३ PM
Cover Image for News

झापा, पौष १९ । भक्तपुर बुढ्यौली साहित्य समाज सल्लाघारीको २४औँ शृङ्खला सम्पन्न भएको छ । आज (२०८२/०९/१९) ‎ अक्सफोर्ड कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा रचना वाचन तथा मन्तव्य राखिएको थियो । जीवनाथ अधिकारीको सञ्चालन रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष दीनानाथ पोख्रेलको अध्यक्षता रहेको थियो । महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने प्रमुख आतिथ्य रहेको थियो भने राजन न्यौपानेको विशेष आतिथ्य रहेको थियो । रचनावाचन कार्यक्रममा पदम दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे,बुद्धिसागर पौड्याल केशव ज्ञवाली,वसन्ती भुजेल,भावना न्यौपाने ,प्रमुना पौडेल ,एम् पी पाण्डे गजेन्द्र बोहरा, श्याम माकजू, रोमा लम्साल,  खोलाघरे साहिंलो, धरणी धनञ्जय, जीवनाथ अधिकारी, कविराज घिमिरे, दीनानाथ पोख्रेल लगायतले गजल, मुक्तक, छन्दका र मुक्तलयका रचना वाचन गरेका थिए । कार्यक्रममा ‎प्रमुख आमन्त्रित चन्द्रप्रसाद न्यौपाने, संस्थाका अध्यक्ष कविराज घिमिरे, उपाध्यक्ष दीनानथ पोख्रेलले समुचित, पदीय मन्तव्यसमेत दिनुभएको समाचार स्रष्टा खोलाघरे साहिँलोबाट प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।