असमका गायक हुकुमलाल मगर रहेनन् !
झापा २२ भाद्र/असमका कलाकार तथा लोकप्रिय गायक हुकुमलाल मगर अब रहेनन् ।
जटिल रोगबाट ग्रसित भई उनी विगत केही समयदेखि GMCH गुवाहाटीमा उपचाररत थिए। उपचारकै क्रममा गत ५ सेप्टेम्बर २०२६ राति ११:४५ बजे उनले अन्तिम श्वास लिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनको दुःखद समाचारले असमको गोर्खा कला, संगीत तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाश्री विनोद खनाल बताए ।
असमेली गोर्खा समाजका होनहार कलाकार तथा लोकप्रिय गोर्खा मौलिक गायक, लालीगुराँस थिएटरका मुख्य गायक थिए ।विनोद खनालको शब्द संगीतको चर्चित गीत ‘कागज नम्बरमा, खुकुरी कम्बरमा’ ,`डल्लीको बिहे झिल्केलाई दिए´जस्ता गीतका गायक हुकुम लाल मगर हामी सबैलाई शोकमा डुबाउँदै अनन्त यात्रामा प्रस्थान गरे।
आफ्नो सुमधुर स्वर र मौलिक गीत-संगीतमार्फत उनले गोर्खा समाजको सांस्कृतिक पहिचानलाई जीवन्त बनाउन पुर्याएको योगदान सधैं स्मरणीय रहनेछ। उनको स्वर र सिर्जना सदैव हाम्रो मन-मस्तिष्कमा गुन्जिरहनेछ।
दिवंगत आत्माको चिरशान्ति तथा स्वर्गमा मोक्ष प्राप्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं।